Saturday, June 25, 2016

नर्मा एन जिलको जीवन कथा !


आज जुन २६ तारिख अर्थात् विश्वकै महान् व्यक्ति नर्मा एन जिलको जन्म दिन। सर्वप्रथम जिललाई जन्म दिनमा उनको काम को स्मरण गर्दै स्वर्गमा बास होस् भनि कामना गर्दछु। सन् १९२० जुलाई २६ मा अमेरिकाको ओहायो, अक्रोनमा जन्मेकी जिलको मृत्यु सन् १९९८ मा भएको थियो । जिलको मृत्यु भएको पनि १८ वर्ष पुगेछ तर पनि उनले गरेको महान् कार्यले गर्दा आज विश्व निकै लाभन्वित भएको छ । विश्वकै नर्सिङ इतिहासमा निकै चर्चा प्राप्त गरेकी जिलले सन् १९५८ मा सुरुवात गरेको स्टोमा ( अपरेसन द्वारा पेटमा दिसा र पिसाब गराउनका लागि आन्द्राबाट बनाइएको प्वाल ) नर्सिङ्ले विश्वमा चर्चा पाएको छ । हामी यतिबेला उनले गरेको महान् कार्यको अर्थ खोज्दै छौँ ।वास्तवमा नर्मा कति महान् छन् भन्ने कुरालाई उनले आरम्भ गरेको स्टोमा नर्सिङले प्रमाणित गर्छ। जब कि १९५५ मा उनी आफैं अल्सरेटिभ कोलाइटिस बाट पीडित थिइन् । त्यसबेला उनको उपचार गर्ने क्रममा अमेरिकाको क्लेभल्यान्ड क्लिनिकमा कोलोन र रेक्टल सर्जन डाक्टर रुपर्ट टर्नबुलले ठुलो आन्द्रा सबै काटेर सानो आन्द्रा पेट बाट निकालेर दिसा जाने स्टोमा बनाइदिएका थिए । त्यस बाट दिसा बाहिर आउने त भयो तर दिसा जम्मा गर्नका लागि कुनै पनि ब्याग बजारमा उपलब्ध थिएन । उनि जस्तै अन्य बिरामिहरुले गज , ब्यान्डेजस्पोन्ज, प्लास्टिक वा कपडाका टुक्रा सलाइनको बिर्कोले स्टोमा बाट आएको दिसा पिसाव  तह लगाउथे उनले पनि त्यसै गरिन । उनले ती दिनहरु  अत्यन्तै कष्टपुर्वक बिताइन् । वास्तवमा उनका लागि ती दिनहरू नरकका दिनहरुजस्तै थिए तर पनि उनले हिम्मत हारिनन् र आफ्नो अनुभवको आधारमा नया १० वर्षको बच्चादेखि वयस्क सबैलाई सेवा दिईन । चार जना बच्चाकी आमा भएर फेरि पनि आफुजस्ता बिरामीलाई सहयोग गर्नुपर्छ भनी सन् १९५८ मा डा. रुपर्ट टर्नबुलबाट स्टोमा सेवा सम्बन्धि तालिम लिईन र नर्मा विश्वकै पहिलो ईन्टेरोस्टोमल थेरापीपिस्ट बन्न सफल भईन। आजको निकै चर्चित ईन्टेरोस्टोमल थेरापी नर्सिङ अथवा उन्ड, अस्टोमी कन्टिनेन्स नर्सिङ र छोटकरीमा यसलाई इ. टि./ डब्लु. ओ. सि. नर्स भन्ने गरिन्छ इ. टि./ डब्लु. ओ. सि. नर्सले लामो समय सम्म सन्चो नभएका बिभिन्न प्रकारक घाउहरु  जस्तै बिच्यौनको घाउ, अप्रेशनको घाउ, मधुमको कारणले खुट्टामा हुने घाउ, नशाको खराबीले खुट्टामा हुने घाउहरु;  दिशा तथा पिसाब को लागि पेटमा बनाइएका स्टोमा र दिशा -पिसाब आफै नियन्त्रण नभई चुहिने समस्या भएका बिरामीलाई बिषेशज्ञ नर्सिङ सेवा प्रदान गर्छन वहाहरुले नै आजको इ. टि./ डब्लु. ओ. सि. नर्सिङ्गलाइ जन्म दिनु भयेको थियो। सलाम छ उनको यो सोचलाई अनि उनको महान् कार्यलाई ।

नर्मा लाई  मेरो चिट्ठी


 नर्मा तिमी लाई मेरो अभिवादन ! तिमी  कति धन्य छौ किन कि आफैं जस्तै बिरामीहरुलाई सहयोग गर्नका लागि सन् १९६१ मा ईन्टेरोस्टोमल थेरापी नर्सिङ स्कुल खोल्यौ । अहिले तिम्रो स्कुलमाआएर कार्यक्रममा दर्ता भइ व्याचलर पास  गरेका नर्सहरु लाई भर्ना गरिन्छ र उनीहरुले जस्तोसुकै प्रकारका घाउहरु,  स्टोमा र दिशा -पिसाब चुहिने बिरामीलाई उपचार गर्न सक्षम हुन्छन्। आहिले त्यस्ता स्कूलहरु र स्टोमा क्लिनिक विश्वको धेरै देशहरुमा संचालित छन् । फेरि यतिले मात्रै चित्त बुझाइनौ किन कि तिमीलाई  थाहा थियो कपडा , प्लास्टिकको टुक्राले मात्र दिसा पिसाब थापेर जीवन चल्दैन । त्यसैले निर्माण कम्पनिसग मिलेर अपरेसन पछि प्रयोग गर्न मिल्ने अस्टोमी ब्याग  निर्माण गर्यौ । सन् १९६० को दशकमा गरौं तथा पुन प्रयोग गर्न मिल्ने रबरको ब्याग मा धातुको रिङ भएको ब्याग बनाउन सफल भयौ । उक्त ब्याग लगाउदा कति दुखले सिमेन्ट स्टोमाको वरिपरि लगाउथ्यौ र ब्याग टासिन्थ्यो र बेल्टले  ब्याग अड्याउथ्यौ । तिमीले अर्को ब्याग फेर्ने बेलामा सिमेन्ट घोल्ने रसायन प्रयोग गरेर ब्याग पखाल्न लगाउथ्यौ । त्यो अवस्था करिब एक दशकसम्म रह्यो । जीवन संघर्षको रोजाइका क्रममा सन् १९७० को दशकमा स्टोमाको बिरामीले प्रयोग गर्नका लागि प्राविधिक रुपले ठुलो फडको मार्यो । यी सबै कुराहरु मैले पढेकी छु नि ! यो सबै तिम्रो अदम्य साहस, निरन्तरको प्रयास र प्राबिधिक विकासले मात्र सम्भव थियो । अहिले हलुका तौल भएको पातलो र कपडाको भित्र थाहा नपाउने गरी लगाउन सक्ने अत्याधुनिक कोलोसटोमी र युरोस्टोमी 
ब्यागहरु बिकसित देशहरुमा सजिलै बजारमा पाइन्छ ।



तिमीले अझ विश्व इन्टेरोस्टोमल थेरापिस्ट को उचित मुल्याङ्कन गर्दै इ.टि./ डब्लु.ओ.सि. नर्सहरुको परिषद पनि खोल्न सफल भयौ र पहिलो अध्यक्ष समेत  भयौ । तिम्रो सम्मान स्वरुप उक्त परिषदले सन् १९८० मा नर्मा एन. जिल  फाउन्डेसन खोल्यो । तिमीले त सन् १९९८ मा स्वर्गारोहण गर्यौ । तिमी लाई  थाहा छ तिम्रो नामको फाउन्डेसनले गरिब देशका नर्सहरु लाई छात्रवृत्ति दिन्छ । म पनि त्यस्तै भाग्यमानी नर्समध्येकी एक नर्स भएकी छु ।सन् २०१३ मा क्यानडाको केट  अकेडेमी बाट इ.टि./ डब्लु.ओ.सि. नर्सिङ्ग सम्बन्धि एक वर्षको अध्ययन गर्न छात्रवृत्ति पाए । मैले सन् २००८ मा जाइका नेपाल बाट जापानमा तीन महिने स्टोमा केयरमा तालिम पाएर भरतपुरको वि. पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा स्टोमाका बिरामीहरु लाई सेवा दिएकी थिए र त्यसै गरी त्यस सम्बन्धि गहिरो अध्ययन नभएकाले सबैखाले जटिल समस्या समाधान गर्न गाह्रो भएकाले मैले फेरि एक वर्षको अध्ययनका लागि आग्रह गरेको थिए । भाग्यवश उक्त अध्ययन गर्ने क्रममा नै मैले स्टोमा केयर नेपाल दर्ता गरि अमेरिकाबाट अस्टोमी ब्यागहरु मगाएर बिरामीहरुलाई दिने व्यवस्था गर्नुको साथै वीर अस्पतालमा स्टोमा क्लिनिक संचालन गरी भोलेन्टियर रूपमा सेवा पुर्याए । नर्मा ! तिमी लाई आश्चर्य लाग्ला तिमीले सहयोग गरेका विशेषज्ञहरु बाट विश्वका सबै ठाउहरुमा नर्स हरुले सेवा प्रदान गरे होलान् र हाम्रा बिरामीहरुले पनि स्तरीय सेवा प्राप्त गरे होलान् भन्ने सोचमा तिमी हौली अह यो हुँदै होइन ।।र छैन पनि । हामीसंग धेरै चुनौतिहरु छन् नर्मा !

Text Box: अपरेशन अघि बिरामीलाई जानकारी दिदैतिमीलाई त थाहा छ नि स्टोमा अपेरशनले शरीरको बनावट नै परिबर्तन गर्ने भएकोले बिरामीलाई मानसिक पिडा निकै हुन्छ  र नया बडि इमेज संग घुलमिल हुन निकै समय लाग्दछ । तेसैले इ. टि./ डब्लु. ओ. सि.  नर्सको उक्त प्रक्रियामा बिसेस भूमिका रहन्छ । ल हेर त ! तिम्रो देशका र अन्य बिकसित मुलुकका बिरामिहरु जसले उक्त अपरेसन गर्नु भन्दा आगाडी  इ. टि./ डब्लु. . सि.  नर्स बाट बिस्तृत जानकारी पाउछन,  अपेरशनको केहि दिनदेखि नै अस्तापलमा इ. टि./ डब्लु. ओ. सि. नर्स कन्सल्ट गर्न बोलाइनछ । अनि त्यसपछि स्टोमा (साइज, उचाई,  स्थान, दिशा वा पिसाबको लागि बनाएको आदि ) हेरेर उपुक्त ब्याग छानिन्छ , बिरामीलाई बिस्तारै पहिले स्टोमा हेर्न र छुन लगाउने, अनि त्यसपछि  मात्र दिशा पिसाब खन्याउदा  हेर्न लगाउने, बिस्तारै खन्याउन लगाउने र अनि ब्याग फेर्दा पहिला हेर्न लगाई अनि फेर्ने क्रममा सहभागी गराइन्छ । यो प्रक्रियाले बिरामीमा आत्मबल  बढ्न जान्छ  र जिपन यापन सहज हुन्छ  । त्यति मात्र होइन बिरामीहरु बाचुन्जेल सम्म इ. टि./ डब्लु. ओ. सि. नर्सहरुको को सम्पर्कमा रहेर ब्याग कस्तो प्रकारको लगाउने, सफा गर्ने र  फेर्ने तरिका , कति दिन मा फेर्ने,  खान के के हुने, के के खादा ग्यास बढी आउछ र गन्हाउछ, सामाजिक भेटघाटमा जादा नदेखिने र मुख बन्द भएको ब्याग लगाउने, कसरि बस्यो भने स्टोमाबाट ग्यास जादा आवाज आउदैन, ब्यागमा कति दिशा पिसाब भरिएपछि खन्याउनेस्टोमाको वरिपरि छाला रातो र घाउ हुन नदिन के गर्ने र घाउ भैहालेमा के गर्ने र जिवनशैली (नुहाउने, यात्रा, खेल, खाना, जटिलताको समाधान, नजिकको सम्पर्क गर्ने  इ. टि./डब्लु.ओ.सि. नर्स , ब्याग पाइने स्थान आदि ईत्यादी को जानकारी दिएर डिस्चार्ज मात्र गरिन्छ । बेला बेलामा इ. टि./ डब्लु. ओ. सि. नर्ससंग फलो अपको बेबस्था छ ! फलस्वरूप बिरामीहरु पहिलेको काम मा नै फर्कन सक्छन र जिबन ब्यबस्थित गर्न सक्छन
 तर अफशोच ! मेरो देस यो सेवामा निकै पछाडी छ  । तिमि दङ्ग परेकी हौली संसारमा सबै बिरामीलाई तिम्रो देशको जस्तो सुबिधा छ तर यो सोच्यौ भने तिमि झुठो साबित हुन्छेउ ! यो तिम्रो दोष हुदै होइन । मेरो देशमा पनि तेस्तो धेरै अपेरशन हुन्छन तर  मैले जाने सम्म म सहित नेपालमा जम्मा ४ जना मात्र इ. टि./डब्लु.ओ.सि. नर्सहरु छौ । तिमि सोच त येतिले मात्र पुग्छ त ? मैले येति भन्दै गर्दा तिमीलाई निकै दुख लागेको होला तर तिमीलाई भन्नु धेरै कुरा छन् जुन आजसम्म मनमा लुकाएर राखे । सर्बप्रथम त मेरो देशमा कति स्वस्थाकर्मिहरुलाई  नै यो भनेको के हो भन्ने कुराको जानकारी छैन,  दोश्रो;  धेरै कम मात्र इ. टि./ डब्लु. ओ. सि. नर्सहरु छन्  तेश्रो भएकोलाई पनि काम गर्नको लागि बातावरण छैन किनकि त्यो पदमा  काम गर्न पद  नै खडा गरिएको छैन । अब भन नर्मा ! म कसरि काम गरू ?  थाहा छ तिमीलाई ! ठिक ठाउमा स्टोमा नबनाउदा ब्याग नट।सिने समस्या भोग्नुको साथै, ब्याग ठिक तरिकाले लगाउन, खानपान, सामाजिक भेटघाट, नुहाउने, कपडा, जटिलताको समाधान आदिको बारेमा पर्याप्त जानकारी पाउन सकेका छैनन्। तिमीले भर्खर ओपेरेशन गर्दाको समय जुन कपडा, प्लास्टिक, गज, स्पोंज, र रबर प्रयोग हुन्थ्यो नि ! हो त्यसैको प्रयोग गरेर बाच्नु आज हाम्रो नियति भएको छ  । किनकि आत्याधुनिक ब्यागहरु पर्याप्त छैनन्, उपलब्ध  भएको पनि निकै महँगो छ । एक सेट ब्यागको रु एक हजार भन्दा माथि छ र त्यो ब्याग धेरै  भनेको ७ दिन सम्म मात्र प्रयोग गर्न मिल्छ। धेरै जसो आन्द्राको र पिसाब थैलीको क्यान्सरले स्टोमा बनाउनु पर्ने हुदा क्यान्सरको उपचारमा नै धेरै महँगो हुन्छ । त्यसमाथि झन् महिने पिच्छे ब्यागको लागि पैसा कहाबाट ल्याउनु भन त ? मैले देखेकी छु तिम्रो देशका बिरामीहरु कसरि स्विम्मिंग जान्छन, बजार जान्छन,  साथीभाई संगको  भेटघाटमा कसरि रमाउछन । तर मेरो देशका कति बच्चाहरु कपडाले बेरेर कपडा बेरेर दिशा जम्मा गरेको हुदा दिशा गन्हाउने दरले स्कूल छाडेका छन्,  जानकारी नपाएर सामाजिक भेटघाटमा जादैनन्, महिनौ नुहौदैनन, दिशा पिसाब लत्पतिने हुनाले घिन लागेर बुढा बुढीलाई  नाती नातिना संग भेट्न नदिई छुट्टै कोठामा खान पकाउन र बस्नको बेबस्था गरिन्छ र भन्न लगाइञ्छ नर्सलाई सिस्टर ! कृपया मेरो सासूलाई/ससुरालाई  तपाइलाई संक्रमण हुने रोग लागेको छ बच्चालाई छुन हुदैन भनेर भन्दिनु ल  ! यो प्रतक्ष्य मैले देखेको र सुनेको कुरा हो र मेरो मन छिया छिया भएको छ । यस्ता गतिविधिले गर्दा डिप्रेशन हुने , एक्लोपन महसुस हुने र जिबन नारकीय लाग्न थाल्छ  । अपरेशन गर्नु अगाडी काउन्सिलिङ्ग, स्टोमा बनाउने ठाउँ चिन्ह लगाउने अनि अपरेशन गरेपश्चात प्रदान गर्नु पर्ने बिशेसज्ञ सेवा र पर्याप्त आधुनिक ब्याग उपलब्द नहुदा बिरामीले यस्ता समस्याहरु भोग्नु परेको छ ।प्लिज नर्मा! मलाई तिम्रो बाटो पछ्याउने एकदम ठुलो धोको छ किनकि मैले मेरो परिवेश राम्रो संग बुझेको छु अनि बिरामीको पिडा नजिकै बाट अनुभव गर्ने मौका पाएकी छु ! र म हरपल यहि कार्यमा समर्पित हुने प्रण गरेकी छु । मेरो सरकारलाई भन्देउ न ठुलो अस्पतालमा काम गर्ने नर्हरुलाई इ. टि./ डब्लु. ओ. सि. नर्सिङ्ग पढ्न पठाउन ,भएकालाई आबस्यक पद सिर्जना गरेर काममा लगाउन, देशमै तालिमको व्यवस्था गर्न, यो सेवाको महत्व बुझी उपलब्ध सेवा प्रयोग गर्न , इ. टि./ डब्लु. ओ. सि. नर्सिङ्ग सेवालाई अस्पताल्को मुख्य सेवामा समाबेश गरि अनुसन्धान गर्न र बिरामीहरुलाई आर्थिक सहयोग गर्न । मलाई आशा छ यो सबै कुरा तिमीले सुनिसके पछि सरोकारवालाहरुको ध्यान यसतर्फ केन्द्रित गरिदिनेछौ । मेरो चिठ्ठी तिमीलाई पठाउन र सुनाउन पाउदा निकै खुशी भएकी छु र यति भन्दै आजलाई कलम बन्द गर्दछु ।

उही तिम्रो बैनी !
सरस्वति भण्डारी
इ. टि./ डब्लु. ओ. सि. नर्स
नेपाल








1 comment:

  1. Nice post. Well what can I say is that these is an interesting and very informative topic on stoma care

    ReplyDelete